please click this picture

Saturday, May 15, 2010

'माओवादी सामु आत्मसमर्पण गर्दिन'/ बाघ को रहेछ कामले देखाउछः नेपाल

काठमाडौ, जेष्ठ १ - प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीको 'दम्भ' र 'धम्की' अघि 'आत्मसपर्ण' नगर्ने बताउदै बिगतको प्रतिबद्धता र कबुल पालना नगरेसम्म उ सँग सहमति नहुने बताएका छन् ।

प्रधानमन्त्रीको राजिनामा हामीले नै रोक्यौः कोइराला

पर्सा , जेष्ठ १ - उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री माधवकुमार नेपाललाई आफूहरुले नै राजिनामाको लागि हतार नगर्न सुझाव दिएको बताएकी छन् । सहमतीय सरकार बने आफू बाधक नबन्ने भनेर प्रधानमन्त्रीले राजिनामा दिने संकेत दिए पनि आफूहरुले राजिनामा दिन हतार नगर्न सुझाव दिएको उनले बताएकी हुन् । उनले पहिले माओवादी सच्चिएर आए मात्र सहमतीय सरकार बनाउन प्रधानमन्त्री नेपालले राजिनामा दिने बताइन् । त्यस्तो सहमतीय सरकारले संविधान बनाउने, संसदीय चुनाव गराउने, नयाँ नेपालको निर्माण गर्ने लगायतका काम गर्ने उनले बताइन् ।




Friday, May 14, 2010

पर्वत र पाल्पाको जंगलमा डढेलो,जडिबुटी नष्ट

पर्वत, चैत्र २२ - कास्की,स्याङजा र पर्वतको संगममा पर्ने प्रसिद्ध पर्यटकीय तथा धार्मिक क्षेत्र पञ्चासे क्षेत्रमा शनिबार रातिदेखि भिषण डढेलो लागेको छ । पञ्चासे क्षेत्रमा पर्ने पर्वतको आर्थर र राम्जादेउराली गाबिसमा पर्ने चिलाउने पाखा र डण्डुरे क्षेत्रबाट आगो सुरु भएको हो । पर्यटकीय क्षेत्र पञ्चासेको करिब ५ हजार हेक्टर मध्ये ३ सय वन क्षेत्र डढेलोले सखाप भईसकेको प्रत्यक्षदर्शी गाउँलेहरुले बताएका छन् ।
डढेलो नियन्त्रणको प्रयास भईरहेको स्थानीय लोकबहादुर गुरुङले टेलीफोन मार्फत जानकारी दिए । गुरुङका अनुसार आगो नियन्त्रणको प्रयास जारी भएपनि नियन्त्रणमा आएको छैन । अहिले आगो निभाउन गाउँलेहरु खटिएका छन् । नेपालकै सबै भन्दा बढी १ सय ८ थरीका जडिबुटिहरु पाईने उक्त वन क्षेत्रका जडिबुटीहरु डढेलोले नष्ट भएको गाउँलेले बताए । बाटो हिंड्नेले फालेको चुरोटको ठूटोले गर्दा आगलागी भएको अनुमान छ ।
त्यस्तै शनिबार विहानदेखि राम्जादेउराली गाविसको हिमखर्क सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । गाउँलेले आगो नियन्त्रणमा लिने प्रयास गरेपनि नियन्त्रणमा नआएको स्थानीय निशान थापाले बताए । करिब १३ हेक्टर मध्ये १० हेक्टर बन डढेलोले सखाप पारेको छ । वन भिरालो र सल्लाले भरिएको हुँदा डढेलो ठुलो मात्रामा फैलिएको छ । राम्जादेउराली - ५मा पर्ने डाडाँगुप्ते, वडा नं ६ मा पर्ने मनिस्वाँरा र साउनेपानी गाउँ समेत खतरामा परेको छ ।