please click this picture

Saturday, May 15, 2010

प्रधानमन्त्रीको राजिनामा हामीले नै रोक्यौः कोइराला

पर्सा , जेष्ठ १ - उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले प्रधानमन्त्री माधवकुमार नेपाललाई आफूहरुले नै राजिनामाको लागि हतार नगर्न सुझाव दिएको बताएकी छन् । सहमतीय सरकार बने आफू बाधक नबन्ने भनेर प्रधानमन्त्रीले राजिनामा दिने संकेत दिए पनि आफूहरुले राजिनामा दिन हतार नगर्न सुझाव दिएको उनले बताएकी हुन् । उनले पहिले माओवादी सच्चिएर आए मात्र सहमतीय सरकार बनाउन प्रधानमन्त्री नेपालले राजिनामा दिने बताइन् । त्यस्तो सहमतीय सरकारले संविधान बनाउने, संसदीय चुनाव गराउने, नयाँ नेपालको निर्माण गर्ने लगायतका काम गर्ने उनले बताइन् ।





माओवादीको भनाई र गराईमा फरक रहेकाले उसको कुरामा विश्वास नरहेको उनले बताइन । शनिबार वीरगंजमा आयोजित २० औं शिक्षक संघ दिवशलाई सम्बोधन गर्दै उनले यस्तो बताएकि हुन् । उनले भनिन् 'हामीले माओवादीलाई धेरै राम्ररी चिनी सकेका छौं । उनीहरुको कुरामा हामीलाई विश्वास छैन, (भित्र) एउटा कुरा गर्छन, अर्को कुरा बाहिर गएर बोल्छन्' ।










ढिलै भए पनि माओवादी शान्ति प्रकृयामा आउनेमा आफू बिश्वस्त रहेको बताउदै कोइरालाले हाल माओवादीले अलिकति लचिलो भएर आउने संकेत दिए पनि आफूले माओवादी उपर धेरै विश्वास भने नगरेको बताइन् । उनले माओवादीले एउटा लडाकु शिविर खाली गरेर दुई वटा अर्को शिविर थप्ने कुरा गरेर फेरी अर्को विवाद थप्ने काम मात्र गरीरहेको आरोप लगाइन् ।










कोइरालाले माओवादीले अन्य दलको विश्वास जित्न सबैभन्दा पहिले आफ्ना लडाकु शिविर खाली गर्नु पर्ने, हतियार बिसाउनु पर्ने, माओवादी लडाकुको पुनस्थापना तथा समायोजन गर्न सहयोग गर्नु पर्ने बताइन् । माओवादीले यी मुख्य काम नगरेसम्म उसलाई सरकारको नेतृत्व गर्न दिन नहुने पनि उनले बताइन् । माओवादीको हातमा हतियार रहुन्जेल त्यही हतियारको बलमा अस्थिरता ल्याई राख्ने आरोप लगाउदै कोइरालाले यस्तो अवस्थामा कुनै पनि किसिमको सरकार पनि टिक्न नसक्ने बताइन् ।










उनले भनिन् 'माओवादीले नेपाली जनता र बुद्धिजीविलाई विश्वास दिलाउनु पर्छ, हामी अब शान्ति स्थापनाको लागि काम गर्छौ, हतियार बिसाउछौं, हिंसा बन्द गर्छौ, लुटपाट गर्दैनौ भनेर' । बर्तमान सरकारको पहिलो प्राथमिकता शान्ति प्रकृयालाई निष्कर्षमा पुर्‍याउनु रहेको पनि उनले बताइन् ।

No comments:

Post a Comment