please click this picture

Saturday, May 15, 2010

'माओवादी सामु आत्मसमर्पण गर्दिन'/ बाघ को रहेछ कामले देखाउछः नेपाल

काठमाडौ, जेष्ठ १ - प्रधानमन्त्री माधवकुमार नेपालले माओवादीको 'दम्भ' र 'धम्की' अघि 'आत्मसपर्ण' नगर्ने बताउदै बिगतको प्रतिबद्धता र कबुल पालना नगरेसम्म उ सँग सहमति नहुने बताएका छन् ।

'माओवादीको उधारो प्रतिबद्धतालाई कोही पत्याउनेवाला छैन' एमाले सम्बद्ध युवा संघको स्थापना दिवसको अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, 'माओवादीको धम्की र दम्भ अघि किमार्थ म लत्रिन्न र आत्मसमपर्ण गर्दिन पनि' । राष्ट्रिय सहमतिको नाममा माओवादीको शर्त स्विकार गर्न नसकिने उनको भनाइ थियो । उनले सहमतिको लागि आफू पनि त्याग गर्न तयार रहेको भन्दै माओवादीले पनि त्याग गरेर देखाउनुपर्ने बताए ।

संसदका ३ सय ३० सभासद भएको दलहरुले आफूलाई सहमतिको पर्याय भन्दै विश्वास गरेको सुनाउदै उनले आफूले राजिनामा नगर्ने बताए ।

'किन राजिनामा दिने । मैले अपराध र असंवैधानिक काम गरेको छु र' उनले भने 'देशको निम्ति काम गर्दा किन घुँडा टेक्ने ।' माओवादीप्रति आक्रमक रुपमा प्रस्तुत भएका उनले सैन्य संरचनाकै कारण माओवादीमा 'दम्भ' बढेको भन्दै घोचपेच र अपमानको भाषा प्रयोग नगर्न चेतावनी दिए । शान्ति र संविधानको टुंगो लागे राष्ट्रिय सहमतिको सरकारको पनि टुंगो लाग्ने बताउदै उनले माओवादी सेनाको व्यवस्थापन, वाईसीएलको अर्द्ध सैन्य संरचनाको अन्त्य लगायत शान्तिसँग जोडिएका बिषयहरुको पहिले छिनोफानो हुनुपर्ने बताए ।

संविधानसभाको म्याद थप गर्ने बिषय र यसको भविष्यप्रति जनतामा चिन्ता बढेपनि माओवादीले राजिनामाको शर्त राखेकोमा आक्रोस पोख्दै उनले त्यस्तो शर्त मान्य नहुने भनाइ राखे ।

माओवादीले हड्ताल फिर्ता लिएको भन्दै सहमतिको लागि सरकारलाई राजिनामाको दवाव दिनेहरुप्रति पनि उनले असन्तुष्टि जनाए । माओवादीले हड्ताल पनि कुर्सी र सत्ताको लागि गरेको र फिर्ता पनि सोही उदेश्य पूरा गर्न गरेकाले त्यसले सरकारलाई कुनै नैतिक दवाव नपारेको बताए ।

No comments:

Post a Comment